कोभिड–१९ (कोरोनाभाइरस) को महामारीका कारण अघिल्लो वर्षको चैतदेखि सबै क्षेत्रहरु प्रभावित भए । कतिपय क्षेत्रहरु पूर्णरुपमा प्रभावित भए भने कतिपय क्षेत्रहरुमा आंशिक प्रभाव पर्यो । योबीचमा यातायात, उद्योगधन्दा, व्यापार व्यवसायदेखि शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थासम्म, नागरिक उड्डयन, होटल, पर्यटन लगायत सबै सेवाहरु ठप्प भए । तर, कोभिड–१९ को प्रभाव कम हुन नपाउँदै ती ती संस्थाहरु धमाधम खुल्न थाले ।
अहिले सेवा ठप्प गर्ने पहिलेको अवस्था परिवर्तन भएको छ । महामारी लाग्छ भन्दैमा केही पनि नगरी बस्न सकिँदो रहेनछ भन्ने चेतनाको विकाससँगै सुरक्षा सतर्कता अपनाएर दैनिक गतिविधिलाई निरन्तरता दिने क्रम अघि बढेको छ । नेपालमा नभएर विश्वमै यही प्रचलन हो ।
चैत ९ गते सरकारले गरेको कडाइ र चैत ११ गतेदेखि सुरु गरिएको लकडाउनपछि ठप्प रहेको सबैजसो क्षेत्रहरु यतिबेला खुला भइसकेका छन् । लकडाउन खुकुलो गर्ने क्रममा सबैभन्दा कम प्राथमिकता दिइएका सिनेमा हल, विद्यालय, सैलुन, ब्युटी पार्लर जस्ता क्षेत्रहरुको सेवा समेत यतिबेला सुरु भइकेको छ । तर, नेपालकै सबैभन्दा बलियो नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले भने अहिलेसम्म कोभिड–१९ को डरकै कारण आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न डराएर बसिरहेको छ । ...





