ई-पासपोर्टमा ३५ तस्वीर : राष्ट्रपति कार्यालयदेखि इलामको चिया बगानसम्म


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ई-पासपोर्टमा ३५ तस्वीर : राष्ट्रपति कार्यालयदेखि इलामको चिया बगानसम्म

१८ पुस, काठमाडौं । सरकारले विद्युतीय राहदानी (ईपासपोर्ट)मा  के-केको राख्ने भनेर टुंगो लगाएको छ । विभिन्न पेष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ ।

सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ । आईडीईएमआईएले करिब २ अर्ब ४८ करोड रुपैयाँ (२ करोड ११ लाख अमेरिकी डलर) मा ई-पासपोर्टको छपाईको ठेक्का पाएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयपछि ई-पासपोर्टमा रहने तस्वीरहरुको टुंगो लगाएपछि अब सरकारले तोकिएका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो संकलन गरेर छपाइको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

पुस १० गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछन् ।

पहिलो पृष्ठमा सगमाथा रहनेछ । दोस्रो पेजमा पोलिकार्बोनेट डाटा पेज हुनेछ । तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौंमा एक सिंगे गैँडा, आठौं र नवौंमा चाँगुनारायण मन्दिर, दशौं र एघारौंमा इलामको चिया बगान र बाहौं र तेह्रौंमा लालीगुँरासको तस्वीर रहनेछ । चौधौं र पन्ध्रौंमा पशुपतिनाथ मन्दिर, सोह्रौं र सत्रौंमा मिथिला आर्ट, अठारौं र उन्नाइसौंमा धान रोपाइँका तस्वीर रहनेछन् ।

२० र २१औंमा कुमारी, २२ र २३औंमा माथिल्लो मुस्ताङ, २४ र २५औंमा बाघ, २६ र २७औंमा जुम्लाको सिंजा उपत्यका, २८ र २९औंमा देशय् मरू झ्या, ३० र ३१औंमा जानकी मन्दिर, ३२ र ३३औंमा करुवा, ३४ र ३५ औंमा हात्ती, ३६ र ३७औंमा रानीपोखरी र ३८ र ३९औंमा हनुमानढोका दरबारका फोटो रहरनेछन् । ...

Read More