वेबसाइट बिना सामाजिक सञ्जालमा व्यापार गरे १ लाख जरिवाना


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
वेबसाइट बिना सामाजिक सञ्जालमा व्यापार गरे १ लाख जरिवाना

काठमाडौं । अब विद्युतीय माध्यम खडा नगरी ईकमर्स व्यवसाय सञ्चालन गरे कारबाही हुने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार व्यवस्थापन गर्न तयार पारेको विधेयक मस्यौदामा वेबसाइट तयार नगरी विद्यूतीय व्यापार गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो । 

यसको अर्थ विधिवत रुपमा ईकमर्स कम्पनी दर्ता नगरी तथा वेबसाइट नबनाएर सामाजिक सञ्जालकै भरमा अनलाइन व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन । विधेयकमा विद्युतीय व्यापार गर्ने प्रत्येक व्यवसायीले ग्राहकले चाहेको  जुनसुकै बखतमा सुसूचित निर्णय लिनसक्ने गरी आफ्नो व्यापार व्यवसाय सम्बन्धी वेबसाइट तयार पार्नुपर्ने उल्लेख छ । 

साथै यसरी तयार पारिएको विद्युतीय प्रणाली सेक्योर सकेट लेयर सर्टिफिकेट युक्त (सुरक्षाको निश्चित मापदण्ड) हुनुपर्नेछ । यसैगरी वेबसाइटमा व्यवसायीको नाम, ठेगाना तथा व्यवसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर दर्ता नम्बर, सम्पर्क ईमेल, टेलिफोन, फ्याक्स, मोबाइल नम्बर र गुनासो सुन्ने अधिकारीको विवरण  समेत उल्लेख गर्नुपर्नेछ ।  

यसैगरी विद्युतीय व्यापारका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा अनिवार्य रुपमा सूचीकृत समेत गराउनुपर्नेछ । सूचीकृत नगराई ईकमर्स सञ्चालन गरेमा समेत एक लाख रुपैयाँसम्म जरिवाना लाग्नेछ । ...

Read More