कुमारी बैंकका ८ नयाँ शाखा विस्तार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकका ८ नयाँ शाखा विस्तार

कुमारी बैंक लिमिटेडले ८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यकाको खुसिबुँ, पानीपोखरी, मालीगाउँ, नरेफाँट, नयाँपाटी, बाफल, मैतीदेवी तथा उपत्यकाबाहिर मोरङको बेलबारी गरी ८ शाखा सञ्चालनमा ल्याएको हो ।  

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको जनाएको छ । आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको बैंकको दाबी छ । 

बैंकले देशभरमा १ सय ८७ शाखा, १ सय ५२ एटिएम तथा १३ एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैंकिङ इकाइमार्फत ८ नयाँ शाखापश्चात् कुल शाखा सञ्जाल १ सय ९५ पुगेको जनाएको छ ।

Read More