नबिल बैंकको बिदेशी साझेदारको लाभांश रोक्का, यस्तो छ कारण


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकको बिदेशी साझेदारको लाभांश रोक्का, यस्तो छ कारण

नेपाल राष्ट्र बैंकले नबिल बैंकको विदेशी साझेदारले पाउने लाभांशमा रोक लगाएको छ। नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसले लैजाने पाउने लाभांश रोकिएको राष्ट्र बैंकले जनाएको छ। 

नबिल बैंकले उक्त बिदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउदा सम्म लाभांश रोक्का गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ। एनबि इन्टरनेश्नल बाहेकका अन्य संस्थापक र साधारण सेयरधनीले पाउने लाभांशमा भने रोक लगाइएको छैन। 

राष्ट्र बैंकले एनबी इन्टरनेशनलको लगानीको विषयमा अन्तिम लाभग्राहीको विवरण माग गर्दै यसअघि पनि धेरै पटक पत्राचार गरिसकेको छ। तर नबिल बैंकले लाभदायिक स्वामित्वको बारेमा स्पष्ट रुपमा कागजात बुझाउन सकिरहेको छैन।   

नबिल बैंकमा बिदेशी कम्पनी भनिएको एनबि इन्टरनेश्नलको सेयर स्वामित्व ५० प्रतिशत रहेको छ।...

Read More