राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धकसहित ७ जना बिरुद्द ८ करोडको भ्रष्ट्राचार मुद्दा दायर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धकसहित ७ जना बिरुद्द ८ करोडको भ्रष्ट्राचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन प्रबन्धकसहित ७ जना बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्जका तत्कालीन प्रबन्धक ललित बहादुर शाहीसहित ७ जना बिरुद्द आज विशेष अदालत, काठमाडौंमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

 

आयोगले त्यस शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ति व्यक्तिहरुले कसुर गरेको ठहर गर्दै मुद्दा दायर गरेको जनाएको छ । उनीहरुले किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पुर्‍याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि  भएको आयोगले जनाएको छ।

Read More
  • MBL - below news