नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंक एक वर्षभित्र तरकारी किन्न जाँदा पैसा (क्यास) बोकेर जानु नपर्ने गरी अघि बढेको बताएका छन्। बैंकर्स एशोशियसनको वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
"भुक्तानी प्रणालीमा ठोस परिवर्तन खोजिरहेका छौं" उनले भने "केन्द्रिय बैंक र मेराे उद्धेश्य भनेकाे एक वर्षपछि तरकारी किन्न जाँदा क्यास बोकेर जानु पर्दैन।" उनले परम्परागत भुक्तानी प्रणालीलाई आधुनिकरणमा रुपान्तरण गर्न खोजिएको बताएका छन्।
विद्युतिय भुक्तानीको लागि पुर्वाधारहरु बनिसकेका र यसमा केन्द्रिय बैंक, बैंकर्स एशोशियन लगायतका संस्थाहररूको पनि योगदान रहेको उनले बताए। यी बनेका पुर्वाधारहरुको सदुपयोग गरेर आधुनिक विद्युतिय भुक्तानी प्रणालीमा ध्यान दिन उनले आग्रह गरेका छन्।
गत हप्ता मात्रै तरकारी बजारमा परि क्यु आर कोर्डमार्फत भुक्तानीको सुरुवात गरेको स्मरण गर्दै उनले बैंकका हरेक शाखाहरुलाई पनि यसमा इन्गेज गराउन आग्रह गरेका छन्।





