बैंकिङ खबर । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच कर्पोरेट पे सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरे।
यो सेवामार्फत कर्पोरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड ट्रान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा बसेर भुक्तानी गर्न सक्छन्।








