टिएमएसमा आवद्द गराउन एपीआई बनाउदै सिडीएस, के गर्छ काम ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
टिएमएसमा आवद्द गराउन एपीआई बनाउदै सिडीएस, के गर्छ काम ?

सिडीएस एण्ड क्लियारिङ (सिडीएस) ले हाल शेयर कारोबारको लागि प्रयोग हुदै आईरहेको टिएमएस सफ्टवेयरसँग एपीआई आवद्द गर्ने भएको छ। कम्पनीले आवश्यक पर्ने एपीआई निर्माण गर्नको लागि एपीआई निर्माणमा अनुभवी कम्पनीहरुसँग लागतको अनुमानित विवरण पेश गर्न सूचना आह्वान गरेको छ ।

कम्पनी रियल टाइम डाटा समबन्धि काम गरेका अनुभवी कम्पनीहरुलाई ७ दिन भित्र अनुमानित लागतको विवरण पठाउन आग्रह गरेको हो । कम्पनीले एपीआईको मापदण्ड समेत तोकेर सूचना आह्वान गरेको हो । 

अहिले शेयर बेच्नु अगाडी बिक्रेताको  डिम्याट खातामा  शेयर छ कि छैन सिस्टमले चेक गर्ने गरेको छ । यसको लागि सिडीएसले डाटा रेप्लिकेट गरेर आफुसँग भएको विवरण नेप्सेको टिएमएससँग आवद्द गराउनको लागि दिएको छ । अहिले रेप्लिकेट गरेर दिएको विवरण अब एपीआइ मार्फत दिने तयारी सिडीएसले गरेको हो ।

Read More