नक्सालस्थित तरकारी बजारमा गएर तरकारी खरिद गर्ने ग्राहकले अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्।
नेपाल राष्ट्र बैंक, सानिमा बैंक र तरकारी बजारको समन्वयमा क्यूआर कोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको हो।
ग्राहकले आफ्नो मोबाइलमा क्यूआर कोड स्क्यान गरी आफूले खरिद गरेको तरकारीको मूल्य सिधै भुक्तानी गर्न सक्नेछन्। ग्राहकले भुक्तानी गरेको रकम बिक्रेताको बैंक खातामा संकलन हुनेछ।
सानिमा बैंकले तरकारी बजारका बिक्रेतालाई निशुल्क रुपमा क्यूआर कोड वितरण गरेको हो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी खरिदमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रमको औपचारिक रुपमा सुरुआत गरे।





