नबिल बैंकले 'पार्टनर' खोज्दा सेयर बजारमा चलखेल


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले 'पार्टनर' खोज्दा सेयर बजारमा चलखेल

सामाजिक सञ्जाल र केही अनलाइन समाचार माध्यममा बुधबार साँझ नबिल र सिद्धार्थ बैंक मर्ज हुने हल्ला चल्यो। यो हल्लासँगै बिहीबार सेयर बजारमा सिद्धार्थको मूल्य केही बेर उचालियो। प्रतिकित्ता ३७२ रूपैयाँको मूल्य केही मिनेटमै ४०८ रूपैयाँसम्म पुग्यो। 

उता यो मर्जबारे यति चर्चा भयो, सिद्धार्थले सूचना नै सार्वजनिक गरेर नबिलसँग मर्ज हुने खबरमा कुनै सत्यता नरहेको स्पष्ट पार्‍यो।

यसअघि पनि नबिलको मर्ज एनसिसी बैंकसँग हुने हल्ला चलेको थियो। यसले गर्दा सोमबार ३१९ रूपैयाँ रहेको एनसिसीको मूल्य दुई दिनमै, बुधबार ३६४ रूपैयाँ पुग्यो।

बीचमा सिद्धार्थ बैंकको नाम चर्चामा आएपछि एनसिसीको मूल्य लगातार घटिरहेको छर। यता सिद्धार्थको अझै बढेको छ। बिहीबार समग्र बजार घट्दा सिद्धार्थको मूल्य बढ्यो।

Read More