प्रभु लाईफको आईपिओको 'प्रि अलोटमेन्ट' सकियो, बाँडफाँड मिति तय


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु लाईफको आईपिओको 'प्रि अलोटमेन्ट' सकियो, बाँडफाँड मिति तय

प्रभु लाईफ इन्स्योरेन्स Prabhu Life Insurance Company  ले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बुधबार आईपिओको प्रि अलोटमेन्ट सकेर शुक्रबार बाँडफाँड गर्ने तयारी गरेको हो । बाँडफाँडको समय भने बिहिबार मात्र यकिन हुने क्यापिटलले जनाएको छ । 

कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

Read More
  • MBL