सेवा मनि ट्रान्सफर र “स्मलवर्ल्ड”बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । उक्त सम्झौतासंगै २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवल्र्ड” मार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन पाउने छन् ।
यस सेवाबाट अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशबाट रकम पठाउन सकिने कम्पनीले जनाएको छ । नगदमा पठाइएको रकम नेपाल भर रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजारभन्दा एजेन्ट तथा इसेवावालेट एपमा पनि प्राप्त गर्न सकिन्छ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुने समेत कम्पनीले जनाएको छ ।




