काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले ५१% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको बैठकले ३१% बोनस सेयर र २०% नगद लाभांश वितरण गर्ने निर्णयगरेको हो । आर्थिक वर्ष २०७५–७६ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ४८.५% लाभांश दिएको थियो ।







