हालसम्मकै बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बिहीवार बाँडफाँट गर्ने तयारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हालसम्मकै बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बिहीवार बाँडफाँट गर्ने तयारी

पुस ७, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ ढिलोमा बिहीवार बाँडफाँट गर्ने तयारी विक्री प्रबन्धकले गरेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले डाटा भेरिफाइको काम अन्तिम चरणमा रहेकाले बिहीवारसम्ममा बाँडफाँट गरिसक्ने बताएको हो ।

मंगलवारनै प्रि अलोटमेण्ट गर्ने गरी काम भइरहेको बताउँदै क्यापिटलले मंगलवार नभ्याए बुधवारसम्म प्रि अलोटमेण्ट गरी बिहीवार बाँडफाँट गर्ने जानकारी दिएको हो । 

उक्त कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता आईपीओ मध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । यो आईपीओले आवेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ ।

Read More
  • MBL - below news