माइक्रोसफ्टले पासवर्डको सुविधा हटाउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
माइक्रोसफ्टले पासवर्डको सुविधा हटाउने

अमेरिकी टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले ल्यापटप र स्मार्टफोन ‘अनलक’ गर्ने तरिका परिवर्तन गर्न लागेको छ।  

टेक हिन्दुस्तानका अनुसार माइक्रोसफ्टले आफ्ना उपकरणमा पासवर्डको सुविधा हटाउन लागेको हो।

हालै सार्वजनिक गरेको ब्लग पोष्ट मार्फत कम्पनीले पासवर्ड टाइप गर्ने चलन २०२१ सम्म परिवर्तन गरिसक्ने बताएको छ। 

बढ्दै गएको साइबर हमलाको कारण यो कदम चाल्नु पर्ने माइक्रोसफ्टको भनाइ छ। कम्पनीका अनुसार ८० प्रतिशत साइबर हमला प्रयोगकर्ताका पासवर्डलाई लक्षित पारेर गरिन्छ र हरेक दिन २५० वटा अकाउन्टहरु ह्याक हुने गर्छ। त्यसैले कम्पनीले आफ्ना उपकरणमा पासवर्ड बनाउने सुविधा नै हटाउन निर्णय गरेको हो। 

Read More