वित्तीय मध्यस्थताको डिजिटल भविष्य


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
वित्तीय मध्यस्थताको डिजिटल भविष्य

कोरोना कहरका कारण अर्थतन्त्रमा नकारात्मक असर परेपछि स्वाभाविक रूपमा बैंकिङ क्षेत्रमा पनि प्रभाव प¥यो । समुदायमा कोरोना फैलनबाट जोगाउन सरकारले २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि करिब ४ महिना अर्थात् १ सय २० दिन बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सञ्चालन गर्न सकस नै भयो । तर पनि वित्तीय मध्यस्थता गर्ने काममा उनीहरूले सहजीकरण गर्ने काम चालू राखे । एटीएमको माध्यमबाट धेरैजसो बैंक तथा वित्तीय संस्थाहरूले बजारमा नगदको कमी रोक्न सहजीकरण गरे भने यसै क्रममा डेबिट तथा क्रेडिट कार्डको प्रयोग पनि ह्वात्तै बढ्यो ।


तर, सहज रूपमा कर्जा प्रवाह तथा ऋण असुली नहँुदा भने बैंक तथा वित्तीय संस्थाहरूको चालू आवको प्रथम त्रैमासिकको वित्तीय विवरणमा त्यसको छाया परेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासदेखिको असर चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण देखिएको हो । देशैभर ठप्प रहेको आर्थिक गतिविधिले बैंकहरूको खराब कर्जा केही बढेको छ भने यसका कारण जोखिमबापत छुट्ट्याउनुपर्ने रकम पनि वृद्धि भएको छ । राष्ट्र बैंकले बन्दाबन्दीकै अवस्थामा ब्याजमा १० प्रतिशत छुट दिन निर्देशन दिएका कारण बैंकहरूको खराब कर्जा धेरै बढ्न त पाएन । त्यसपछि बैंकहरूले ब्याजदरमै २ प्रतिशत छुट दिएरै भए पनि खराब कर्जा बढ्नबाट जोगाए । यस्तै, पछिल्लो समयमा ऋणको पुनर्तालिकीकरण, ऋण तिर्ने समय थपजस्ता विषयमा पनि बैंकहरूले उद्यमीहरूलाई सहयोग नै गरेर पनि खराब कर्जा बढ्नबाट जोगाए । नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने काम गरेकाले कोरोनाको धेरै नकारात्मक असर बैंक तथा वित्तीय संस्थाहरूमा देखिएन ।

Read More