नेपालमा विदेशी मुद्रा कसरी साट्न सकिन्छ ? जान्नुहोस् विस्तृतमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालमा विदेशी मुद्रा कसरी साट्न सकिन्छ ? जान्नुहोस् विस्तृतमा

सामान्यतयाः विदेशी मुद्रा सटही गर्ने कार्य नै मनी एक्सचेन्ज हो । हाम्रो देशमा संचालन भइरहेका विभिन्न व्यवसाय मध्ये यो पनि एक प्रकारको व्यवसाय हो । नेपालीहरु विदेशबाट फर्केपछि या विदेशीहरु नेपालमा भित्रीएपछि विदेशी मुद्रा साटेर नेपाली रुपैंया लिनका लागि मनी एक्सचेन्ज कम्पनीहरुको सहायता लिन सकिन्छ । नेपालमा राष्ट्र बैंकले विनिमय दर तोकेका २१ ओटा देशका मुद्रा सटहीको कार्य मनी एक्सचेन्ज कम्पनीले गर्न पाउँछन् । 

कसरी साट्ने मुद्रा ?
मनी एक्सचेन्ज कम्पनीहरुको नियमनकारी संस्था नेपाल राष्ट्र बैंकले मनी एक्सचेन्जर कम्पनीहरुका लागि ल्याएको नीति अनुरुप, १ देखि ५०० सम्मका विदेशी मुद्राहरु साट्ने हकमा पैसा सटही गर्न चाहने व्यक्ति वा संस्थाको परिचय खुल्ने कागजातहरु (जस्तै, आइडी कार्ड, नागरिकता, भेहिकल लाइसेन्स आदि) साथमा लिएर आएको खण्डमा उसले ५०० सम्मको विदेशी मुद्रा साट्न पाउँछ । तर ५०० भन्दा माथिका विदेशी मुद्राहरु साट्ने हकमा भने पैसा सटही गर्न लागेको व्यक्तिको भिसा लागेको पासपोर्ट, कुन प्रयोजनको लागि मुद्रा सटही गर्न लागेको यसको विस्तृत विवरण सहितको कागजात र यदि विदेशबाट कमाएर ल्याएको मुद्रा भए त्यहाँ रहँदा काम गरेको कम्पनीको विवरण समेतको कागजात पैसा साट्न लागेको व्यक्तिको साथमा भएमा मात्र ५०० भन्दा माथिको करेन्सी साट्न पाउने प्रावधान छ । अहिले नेपलमा राष्ट्र बैंकले तोकेको विनिमय दरको संख्या जतिओटा छन्, ती सबै देशका मुद्राहरु साट्न सक्ने इजाजत राष्ट्र बैंकले मनी एक्सचेन्जर कम्पनीहरुलाई दिएको छ ।

नियमन र अनुगमन राष्ट्र बैंकबाट
...

Read More
  • MBL - below news