बैंकहरुले खर्च घटाउन शाखा भएका ठाँउ बाहेका एटिएम मेसिनहरू हटाउन थालेका छन्। राष्ट्रबैंकले लकडाउनकाे समयमा अन्तर बैंक एटिएम शुल्क नलिन दिएकाे निर्देशनलाई निरन्तरता दिएपछि बैंकहरू एटिएमकाे खर्च कटाैतिकाे अवस्थामा पुगेका हुन् ।
आम्दानी खुम्चिएपछि बैंकहरुले कहाँ कहाँ खर्च कटौति गर्न सकिन्छ भनेर नजिकबाट हेरिरहेको र खर्च कम गर्नको लागि केही स्थानबाट एटिएम हटाएको हुन सक्ने नेपाल बैंकर्स एशोशियसनका अध्यक्ष भुवन दाहाल बताउँछन्।
माथिको तस्बिर अति व्यस्त मानिने सुन्धारा स्थित सिभिल मल अगाडिको एटिएम काउन्टरको हो। कुनै दिन यस ठाउँमा लहरै १२ वटा बैंकका १२ वटा एटिएम मसिन थिए।
धेरै जसो मानिसहरूले यो काउन्टरमा गएपछि आफ्नै बैंकको एटिएम मेसिन पाउँथे।निकै टाढाबाट पनि मानिसहरू आफ्नो बैंकको एटिएम खोज्दै यहाँ आउने गर्थे। तर बिस्तारै यो काउन्टरबाट एटिएम मेसिन हराउँदै गएका छन्। लकडाउन अघिसम्म यहाँ कम्तीमा ६ वटा बैंकका एटिएम मेसिन थिए। तर यति बेला भने अब दुईवटा मात्रै एटिएम मेसिन छन्। ती पनि त्यहाँबाट कहिले हराउने हो पत्तो नभएको एटिएम सुरक्षार्थ खटिएका सुरक्षा गार्ड बताउँछन्। ...





