काठमाडौँ । चार्टड एकाउन्टेन्ट राम चन्द्र खनाल कुमारी बैंक लिमिटेडको डेपुटी जेनेरल मेनेजर (डिजीएम)मा बढुवा भएका छन् । केहि दिन अघि उनी डीजीएममा बढुवा भएका हुन् । उनी नेपाली बैंकिङ क्षेत्रमा अनुभवी सिएका रुपमा चिनिन्छन् । यसअघि सिद्धार्थ बैंकबाट एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत हुँदै कुमारी बैंकमा प्रवेश गरेका उनले छोटो समयमा नै कुमारी बैंकमा पनि उत्कृष्ट 'पर्फर्मेन्स' देखाएसँगै उनको बढुवा भएको हो ।
खनाल आशन्न आइक्यानको निर्वाचनमा काउन्सिल सदस्यका लागि उम्मेदवारसमेत हुन् । बैंकिङ क्षेत्रबाट एकमात्र उम्मेदवार बन्न लागेका उनी 'CA In industry'लाई प्रतिनिधित्व गर्दै काउन्सिलमा कर्पोरेट क्षेत्रमा काम गरिरहेका सिएहरुका एजेन्डा बोकेर जाने तयारीमा छन् । उनलाई नेपाली बैंकिङ क्षेत्रमा रहेका अधिकांस सिएहरुले साझा उमेद्वारकार उपमा लिएका छन् ।





