प्रभु लाइफको आईपीओमा करिब साढे चार गुणा आबेदन, आबेदन गर्ने पाैने नाैं लाख पुगे


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु लाइफको आईपीओमा करिब साढे चार गुणा आबेदन, आबेदन गर्ने पाैने नाैं लाख पुगे

प्रभु लाइफ इन्स्योरेन्स ले विक्रीमा ल्याएको आइपीओमा तेस्रो दिन सम्ममा करिब साढे ४ गुणा बढी आबेदन परेका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार ४ः४० बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेका छन् ।

यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ४.४ गुणा बढी हो ।

कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको हो ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आबेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् ।

कम्पनीको आइपीओमा भोलि बिहिबार (पुस २ गते) सम्म मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

Read More
  • MBL - below news