प्रभु लाइफको आईपीओमा करिब साढे चार गुणा आबेदन, आबेदन गर्ने पाैने नाैं लाख पुगे


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु लाइफको आईपीओमा करिब साढे चार गुणा आबेदन, आबेदन गर्ने पाैने नाैं लाख पुगे

प्रभु लाइफ इन्स्योरेन्स ले विक्रीमा ल्याएको आइपीओमा तेस्रो दिन सम्ममा करिब साढे ४ गुणा बढी आबेदन परेका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार ४ः४० बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेका छन् ।

यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ४.४ गुणा बढी हो ।

कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको हो ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आबेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् ।

कम्पनीको आइपीओमा भोलि बिहिबार (पुस २ गते) सम्म मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

Read More
  • MBL