राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी, हेर्नुहोस् यस्ताे छ २०७७ मा संशोधन/परिमार्जन थप नयाँ व्यवस्था


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी, हेर्नुहोस् यस्ताे छ २०७७ मा संशोधन/परिमार्जन थप नयाँ व्यवस्था

बुधबार नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ मा संशोधन र परिमार्जनमा थप व्यवस्था गरेको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाका थप व्यवस्था सहित निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले जारी निर्देशिका अनुसार समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम खराब कम्पनी, संस्थागत सुशासन नभएका, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, नेप्सेको सूचीकरणबाट हटाइएका संस्थाहरु, समयमा लेखापरीक्षण नगर्ने कम्पनीमा सेयर धितो कर्जा प्रवाह गर्न कडाई गरिएको छ ।

अब बैंकहरुले अधिकतम ७० प्रतिशत कर्जा प्रवाह गर्न पाउने व्यवस्थामा र १२० दिनको औसत कारोबार हेरेर कर्जा प्रदान गरिने नियममा पनि कुनै परिवर्तन गरिएको छैन ।  पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरुको शेयर धितो राखेर कर्जा लिन नपाइने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन र परिमार्जन थप व्यवस्था (पूर्णपाठ सहित)

___

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन व्यवस्था (पूर्णपाठ सहित)

Read More