अब भाइबरबाटै पैसा पठाउन सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब भाइबरबाटै पैसा पठाउन सकिने

अब भाइबरबाटै पैसा पठाउन र रिचार्ज गर्न सकिने भएको छ। 

भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबर बीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको हो।

यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्। 

यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ। यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध  हुनेछ। 

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत  वा  अधिकतम सय रूपैयाँसम्म क्यास ब्याक पाउँनेछन्। 

Read More