सेयर बजारमा ‘सुन्निएको’ पुनर्बीमा कम्पनीः लाभांश छैन, गुमाउँदैछ १ अर्ब


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर बजारमा ‘सुन्निएको’ पुनर्बीमा कम्पनीः लाभांश छैन, गुमाउँदैछ १ अर्ब

सेयर बजारमा यतिबेला ‘हट केक’को रुपमा उदाएको छ नेपाल पुनर्बीमा कम्पनी। सो कम्पनीको मात्रै बजारमा दुई दिन १–१ अर्बभन्दा बढी रकमको कारोबार भएको रेकर्ड छ।  

८ महिनाअघि मात्रै प्राथमिक सेयर (आइपिओ) निश्कासन गरेको कम्पनी अहिले बजारमा टेलिकमपछि सबैभन्दा बढी शक्तिशाली बनेको छ। 

अर्थात सबैभन्दा धेरै पुँजीकरण भएको कम्पनीमा यो दोस्रो हो। मंगलबार बजार बन्द हुँदा कम्पनीको कुल पुँजीकरण १ खर्ब ६२ अर्ब पुगेको छ।

 यो कम्पनीमा ४४ प्रतिशत सरकारी स्वामित्व छ। ३९.९ प्रतिशत विभिन्न जीवन, निर्जीवन कम्पनी र संस्थाहरुको लगानी छ भने १६ प्रतिशत सर्वसाधारणको।  

यो कम्पनीको प्राथमिक सेयर भर्ने सबैले ४० देखि ५० कित्तासम्म पाएका थिए। गत चैतमा ५ हजार रुपैयाँको ५० कित्ता सेयर पाएकाहरूले मंगलबार बजारमा प्रतिकित्ता १६९९ रुपैयाँसम्म बेच्न सके। 

५० कित्ता बेच्दा ८४ हजार रुपैयाँको हाराहारीमा अर्थात ५ हजारको लगानीले ७९ हजार नाफा कमाए। तर ठूलो रकममा हिजोआज सो सेयर खरिद गर्नेहरूलाई भने जोखिम बढेको छ। अर्कोतर्फ बजारले नयाँ रेकर्ड बनाएको छ। यतिबेला बजारमा नयाँ लगानीकर्ता धेरै थपिएका छन्।

Read More