प्रभु लाइफको आइपीओमा कति पर्यो आवेदन ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु लाइफको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सको आइपीओमा १ अर्ब ८६ करोड रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार साँझ ४ः४५ बजेसम्ममा ६ लाख ६८ हजार जना आवेदकले १ करोड ८६ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा ३.४४ गुणा बढी आवेदन हो । 

प्रभु लाइफले सोमबार (मंसिर २९ गते) बाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।

Read More
  • MBL - below news