आउनुहोस चर्चा गरौँ वित्तिय बजार धितोपत्र बजार र प्राथमिक बजारमा शेयर कारोवार सम्वन्धि केही महत्वपूर्ण जानकारीहरु वारे।
वित्तिय उपकरण (Financial Instrument) हरुको खरिद बिक्री हुने बजार लाई वित्तिय वजार भनिन्छ कुनैपनि संस्था वा कम्पनी लाई लगानीको प्रकृति अनुसार अल्पकालिन र दिर्घकालिन पुँजी को आवश्वकता पर्दछ जसको लागी उनीहरुले विभिन्न प्रकारका प्रतिभूतिहरु (Securities) जारी गर्दछन् यस्ता प्रतिभूतिहरु खरिद बिक्री हुने बजार नै वित्तिय वजार हो । यहाँ प्रतिभूतिहरु (Securities) भन्नाले शेयर, डिवेञ्चर, पुर्वधिकार शेयर, द्रेजरी विल्स आदि पर्दछन् जसलाई वित्तिय सम्पती (Financial Assets) पनि भनिन्छ । कारोवारको प्रकृती को आधारका हेर्दा Financial market लाई दई भागमा विभाजन गर्न सकिन्छ प्राथमिक वजार (Primary Market) र दोस्रो वजार (Secondary Market)
प्राथमिक वजार (Primary Market) : कुनै पनि कम्पनीले आफ्नो वित्तिय आवश्वकता पुरा गर्न को लगी प्रथमपटक सर्वसाधरण समक्ष जारी गरेको धितोपत्रहरु को कारोवार हुने बजारलाई प्राथमिक वजार (Primary Market) भनिन्छ । यस किसिमको बजार मा जारी हुने शेयर लाई IPO (Initial Public offering) / FPO (follow-on public offer/ Further public offering) भनिन्छ ।
IPO (Initial Public offering) : पब्लिक कम्पनीले पुँजी को आवश्यकता पर्दा सर्वसाधरण समक्ष कम्पनीको हिस्सा विक्री गरी पुँजी संकलन गर्दछन यसरी कम्पनीले प्रथम पटक निस्कासन गरेको शेयर लाई IPO भनिन्छ । सामन्यतया IPO जारी गर्दा अंकित मुल्य Face Value रु १०० मा गरीन्छ ।
FPO (Further public offering) : यदि पब्लिक कम्पनी ले एक पटक जारी गरीसके पश्चात पुन पुँजी संकलन गर्न चाहेमा अंकित मुल्य Face Value मा प्रिमियम थपेर जारी गरीएको शेयर लाई FPO भनिन्छ ।
कसरी गर्ने लगानीः
धितोपत्र बजार को नियामक निकाय नेपाल धितोपत्र बोर्डले हाल प्राथमिक बजार मा शेयर आवेदन दिनको लागी डिम्याट खाता अनिवार्य गरेको छ नेपाल धितोपत्र वोर्डवाट अनुमति लिएका वित्तिय संस्थाहरु, मर्चेण्ट वैंक हरु कहाँ डिम्याट खाता खोल्न पाइन्छ जसलाई डिपि भनिन्छ जस्तै : Mega Capital, NIBL Ace Capital आदि, खाता खोलिसके पछि डिपिले ग्राहकलाई चेकवुक अर्थात Delivery Instruction Slip (DIS) दिन्छ जुन शेयर विक्री गर्दा प्रयोग हुन्छ डिम्याट खोल्दा त्यहा बैंक खाता पनि उल्लेख गर्नुपर्ने हुन्छ किनकी शेयर वाट प्राप्त हुने लाभांश र अन्य मैद्रिक कारोवार सोहि बैंक खातावाट हुन्छ । धितोपत्र भर्न को लागी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्रात गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयहरुवाट आवेदन दिन सकिन्छ ।
आस्वा प्रणली Application Supported by Blocked Amount (ASBA) : धितोपत्र सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । यसरी आस्वा प्रणली वाट शेयर आवेदन दिन सकिन्छ र शेयर वाँडफाँड भएको जानकारी दिएको वढिमा तिन दिन भित्र शेयर नपरेको आवेदक को रकम स्वत फुकुवा हुन्छ ।
सि—आस्वा (C-ASBA) प्रणलीः आस्वा प्रणली कै परिटीकृत रुप अर्थात अनलाइन मार्फत घरमै बसी आफ्नो मोवाइल तथा ल्यापटप वाट शेयर आवेदन दिने प्रणली लाई C-ASBA भनिन्छ । यो प्रणली सुचारु गर्नको लागी आफ्नो आस्वा सेवा भएको वैंकमा गइ आवेदन दिनु पर्दछ त्यसपश्चत वैंकले आदेकको software वाट जाँचरप्रमाणिकरण गर्छ र आवेदक लाई एउटा Verification code वा CRN number उपलब्ध गराउँछ यहि कोड प्रयोग गरी हामी ले घरमै बसी बसी C-ASBA वाट IPO र FPO मा लगानि गर्न सकिन्छ ।
अव डिम्याट खाता खोलीसके पश्चत र सम्वन्धित वैंक वाट सि—आस्वा सेवा लिई सके पश्चात उक्त डिपि वा डिम्याट रहेको संस्थावाट “Mero Share” सेवा लिन पाइन्छ meroshare.cdsc.com.np मा log in गरीे “MY ASBA” भन्ने शिर्षकमा गई खुलेका IPO र FPO हरु को लिस्ट वाट आफुले चाहेको कम्पिनीमा घरमै बसी बसी शेयर आवेदन भर्न सकिन्छ । यो त भयो Primary Market मा धितोपत्र को आवेदन दिने प्रकृया ।
अव यसरी धितोपत्र खरिद गर्दा के के कुरामा ध्यान दिने त आउनुहोस नेपाल धितोपत्र वोर्ड ले दिएका सुझावहरुलाइ ।
सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा धितोपत्र खरीद गर्दा के गर्ने ? ...








