कुमारी बैंकले पारित गर्‍यो १४ % लाभांश


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकले पारित गर्‍यो १४ % लाभांश

मंसिर २९, काठमाडौं । कुमारी बैंकले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित भएको छ ।

 कम्पनीले मंसिर २९ गते २० औं वार्षिक साधारण सभा सम्पन्न गरी १० दशमलव ८५ प्रतिशत बोनस शेयर र करसमेत गरी ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । सभाले कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालन समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 
हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४९ हजार रहेको छ ।

Read More