प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आबेदन परेको छ । आज बिक्री खुल्ला भएकाे पहिलाे दिनमै कम्पनीको आईपीओमा १.६० गुणा बढी आबेदन परेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार ४ः४० बजेसम्ममा २ लाख ७६ हजार आबेदनबाट ८६ लाख ३२ हजार कित्ता अर्थात ८६ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर माग भएको हो ।
यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको १.६० गुणा बढी हो ।
कम्पनीले आज सोमबार देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको हो ।
कम्पनीको आइपीओमा छिटोमा पुस २ गतेसम्म र त्यस अवधीमा पर्याप्त आवेदन नपेरमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।...








