काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका सिनियर मेनेजर प्रदिप नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमामा रियल-टाइम वा नन-रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।





