सगरमाथा इन्स्योरेन्स कम्पनी र सस्तो टिकेट्सबिच सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सगरमाथा इन्स्योरेन्स कम्पनी र सस्तो टिकेट्सबिच सम्झौता

मंसिर २८, काठमाडौं । सगरमाथा इन्स्योरेन्स र सस्तो टिकेट्स प्रा.लि.ले वैदेशिक भ्रमणमा जाने व्यक्तीहरुको सुविधालाई ध्यानमा राखी सुविधाअनुसार आफ्नो घर वा कार्यालयबाट नै अनलाईनमार्फत ट्राभल्स मेडिक्लेम बीमालेख लिन सक्ने व्यवस्था मिलाईएको छ ।

दुई कम्पनीबिच हालै भएको सम्झौतामा बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत र्चकी क्षेत्री र सस्तो टिकेट्ससका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सम्राट दाहालले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौताअनुसार सस्तो टिकेट्सका ग्राहकहरुले सस्तो टिकेट्समार्फत एरलाईन्सको टिकेट लिने समयमानै आफूलाई आवश्यक पर्ने ट्राभल्स मेडिक्लेम बीमालेख लिन सक्नेछन् । 

उक्त बीमालेखले यात्राका क्रममा हुने बिमारीका कारण श्रृजित हुने आकस्मिक औषधोपचार खर्च, हस्पिललाईजेशन खर्च र व्यक्तीगत दुर्घटना बीमा जोखिम बहन गर्नेछ । सो बीमालेखमा अतिरिक्त बीमा शुल्क तिरेर ब्यागेज हराएमा वा ढिला आईपुगेमा वा पासपोर्ट मिसप्लेश भएको समेत जोखिमको रक्षावरण लिन सकिनेछ । 

Read More
  • MBL - below news