नेपाल लाइफ इन्सुरेन्सको विश्लेषण : आधारभूत र प्राविधिक तथ्यहरुले कस्तो देखाउँदैछ अवस्था ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल लाइफ इन्सुरेन्सको विश्लेषण : आधारभूत र प्राविधिक तथ्यहरुले कस्तो देखाउँदैछ अवस्था ?

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफ इन्सुरेन्सले १२.०२ प्रतिशतले नाफा वृद्धि गरेको छ । यसले २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा यसले २० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल लाइफ इन्सुरेन्सले खुद बिमा शुल्क पनि १४.१६ प्रतिशतले वृद्धि गरी ८ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्ष सोही अवधिमा यस इन्सुरेन्सले ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

आय शीर्षकबाट पुनर्बिमा कमिशनबापत १ करोड १४ लाख, लगानी, कर्जा तथा अन्यबाट १  अर्ब ६८ करोड ५७ लाख रुपैयाँ आर्जन भएको देखिएको छ । व्याय शीर्षकमा खुद दाबी भुक्तानी १३१ प्रतिशतले बढेर ३ अर्व ८७ करोड ६० लाख रुपैंया पुगेको छ । अभिकर्ता कमिसन ९६ करोड ८६ लाख रुपैंया, व्यवस्थापन खर्च १८ करोड १६ लाख रुपैयाँ रहेको छ ।

Read More
  • MBL