Career Opportunity


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
Career Opportunity

(प्रथम पटक सूचना प्रकाशन मिति २०७७/०८/२८)
यस वित्तीय संस्थाको आ.व( २०७७०७८ को कार्यक्रम तथा बजेटमा स्वीकत करार कर्मचारी दरबन्दी मध्ये पदः वरिष्ठ अधिकृत (सिए), अधिकृत तृतीय श्रेणी, तहः ७ मा १ (एक) वर्षको लागि र संस्थाको आवश्यकता तथा कार्यसम्पादन मूल्याङ्गकनको आधारमा सेवा अवधि थप हुन सक्ने गरि करार सेवामा पदपुर्ति गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट आफुले प्राप्त गरेको नागरिकता, शैक्षिक योग्यता, तालिम र अनुभवका प्रमाणपत्रका प्रमाणित  प्रतिलिपिहरु एवं हालै खिचिएको पासपोर्ट साईजको २ (दुई) प्रति फोटो सहित यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिन भित्रमा तोकिएको ढाँचाको दरखास्त एवं वैयक्तिक विवरण फारम यस वित्तीय संस्थको केन्द्रीय कार्यालयमा बुझाउन आव्हान गरिएको छ । आवेदन दिने उम्मेदवारले नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएकमा सोको साथमा नेपालको मान्यता प्राप्त विश्वविद्यालयबाट समकक्षता ९० निर्धारण गरको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी समेत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । म्याद भित्र पेश नभएको र रीत नपुगी आएको दरखास्त एवं वैयक्तिक विवरण फारम उपर किसीमको कारबाही हुनेछैन । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनीक बिदा पर्न गएमा सार्वजनीक बिदा पछिको कार्यालय खुल्ने पहिलो दिन कार्यालय कार्यालय समय भित्र दरखास्त एवं वैयक्तिक विवरण फाराम बुझाउनु पर्नेछ । दरखास्त एवं वैयक्तिक विवरण फारामको ढाँचा र सेवाका शर्त तथा सुविधकहरु यस वित्तीय संस्थाको वेव साईट www.skbbl.com.np बाट Download गरी प्राप्त गर्न सकिनेछ । आवेदन फाराम बुझाउदा दरखास्त दस्तुर वापत रु. ५०० मात्र दगदै बुझाउनु पर्नेछ । वैयक्तिक विवराण CV मूल्यङ्गकन गर्दा छनौट सूची Short Listing मा परेका उम्मेदवारहरुलाई मात्र मामिता प्रस्तुतीकराण Case Presentation तथा अन्तर्वार्ताका लागि बोलाइने छ ।

विज्ञपान नं. ०४/२०७७/७८

पद, श्रेणी र तहः वरिष्ठ अधिकृत CA अधिकृत तृतीय श्रेणी

तहः ७ (सातौं) 

काम गर्नुपर्ने स्थानः केन्द्रीय कार्यालय तथा आवश्यकता अनुसार इलाका कार्यालयहरु ।

आवश्यक शैक्षिक योग्यता र कार्य अनुभवः

मान्यता प्राप्त संस्थाबाट Chartered Accountant उत्तीर्ण भई ICAN को सदस्यता प्राप्त गरी नेपाल राष्टबैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १ वर्ष काम गरेको वा लेखापरीक्षण कार्य सम्बन्धी कम्तिमा १ वर्ष अनुभव भएको । Nepal Financial Reporting Standards (NFRS) सम्बन्धी कार्य अनुभव भएकालाई विशेष ग्राह्यता दिईने छ ।

उमेरको हदः आवेदन दिने अन्तिम मिति सम्ममा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

सेवाका सुविधाहरुः वरिष्ठ अधिकृत, तहः ७ सरहको तलव, भत्ता तथा करारनामामा उल्लेख भए अनुसारको अन्य सुविधाहरु उपलब्ध गराउने ।

Read More