पुसको पहिलो सातादेखि डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पुसको पहिलो सातादेखि डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने

काठमाण्डौ । अब डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने भएको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले अब पुस पहिलो सातादेखि लगानीकर्ताहरुले डिम्याट खाता पनि डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत नवीकरण गर्ने व्यवस्था सुरु हुन लागेको हो। सीडीएससीका प्रवक्ता सुुरेश न्यौपानका अनुसार इसेवा, प्रभु पे, आइएमई पेलगायत विभिन्न डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत डिम्याट नवीकरण गर्ने व्यवस्था सुरु हुन लागेको हो। ‘सीडीएससीबाट प्राप्त सुुविधाहरु लगानीकर्ताले घरबाटै सेवा लिन सक्नुुहोस् भनेर डिजिटल प्लेटफर्म खुुला गर्दै जाने हाम्रो रणनीति हो’, न्यौपानेले बिजशालासँग भने।

सीडीएससीले साउन १ गतेदेखि ‘मेरो सेयर’ सुुविधा डिजिटल भुुक्तानी प्रदायक कम्पनी इसेवासँग सहकार्य गर्दै अटोमेटिक नवीकरणको व्यवस्था छ। मेरो सेयरजस्तै डिम्याट खाताको नवीकरण पनि डिजिटल भुक्तानीका माध्यमबाट तिर्ने व्यवस्था मिलाइने उनको भनाइ छ।

Read More