मंसिर २६, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने भएको छ । बैंकले ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको शुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग बिहीवार सम्झौता गरेको छ ।
बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सकिनेछ ।
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिनेछ । ‘कर्पोरेट पे’ मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृति लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ ।






