उदिप लुइटेल- क्यासलेस ट्रान्जेक्सनको अर्थ इलेक्ट्रोनिक ग्याजेटको माध्यमबाट अर्थात् मोबाईल बैंकिङ ,इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, वालेट आदिको माध्यमबाट करोबार गर्नुलाई क्यासलेस ट्रान्जेक्सन भनिन्छ। हामीले डिजिटल माध्यमको प्रयोग गर्न सके मात्रै क्यासलेस ट्रान्जेक्शनको सम्भव छ ।
अहिले हाम्रो स्थिति के भइरहेकोछ भने एटिएममा गएर पैसा निकाल्यो, अनि पसलमा गएर त्यहि पैसाले खाध्यान्न किन्यो , यस्तो प्रवृत्तिले क्यासलेस ट्रान्जेक्सनको अर्थ हुँदैन । हामीले बैंकहरुबाट लिएको मोबाईल बैंकिङ सेवाबाट नै मोबाइल तथा टेलिफोनहरु रिचार्ज गर्ने, पानी, बत्ति लगायतको बिल तिर्ने, स्कुल फी तिर्ने लगायतका कार्य गर्न सक्छौँ भन्ने कुरा बुझ्नु जरुरी छ ।





