डिजिटल अर्थतन्त्रमा योजनाबद्ध प्रयास भइरहेको छ : गभर्नर अधिकारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल अर्थतन्त्रमा योजनाबद्ध प्रयास भइरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । सिङ्गापुर  फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट आज सम्बोधन गर्नुहँदै उनले  ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध’ रहेको बताए । संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष र सिङ्गापुर  मनिटरी अथोरिटीले यही मङ्सिर २२ गतेदेखि उक्त महोत्सवको आयोजना गरेको हो ।
 
कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु-याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले भने, “वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई हामीले महसुस गरेका छौँ । त्यसैले नेपालमा ‘डिजिटल पर्यावरण’को विकासको लागि हामी प्रतिबद्ध छौँ ।” 

नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवद्र्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महत्वाकाङ्क्षी योजना अगाडि सारेको उल्लेख गर्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  ...

Read More