एभरेष्ट बैंकले दियो जोन्टा क्लबलाई दुई लाख ५० हजार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंकले दियो जोन्टा क्लबलाई दुई लाख ५० हजार

एभरेष्ट बैंकले   जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरणा गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्धेश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ। 

बैंकले देशभरी ९८ शाखा, ३१ राजस्व संकलन काउन्टर, १३० एटिएम र विश्वव्यापी नेटवर्क संचालन गरेको छ।

Read More
  • MBL - below news