मेरोशेयरको एपमा नयाँ सुविधा थपियो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेरोशेयरको एपमा नयाँ सुविधा थपियो

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको एपमा सीआस्वा सेवा थप गरेको छ । सिडीएसले बुधबार राति एपमा सीआस्वा सेवा थप गरेको हो । एपमा सो सेवा थपिएसंगै लगानीकर्ताले एपबाट नै आईपिओमा आवेदन दिन सक्ने छन् ।

सेवा थप गरेपछि मङ्सिर २९ गते बाट खुल्ने प्रभु लाइफ इन्स्योरेन्सको आईपिओमा लगानीकर्ताले एपबाट नै आवेदन दिन सक्ने छन् । हालसम्म एपमा आइपिओमा आवेदन दिने सुविधा थिएन ।  लगानीकर्ताले मेरोशेयरको वेबसाइट बाट आईपिओमा आवेदन दिदै आएका थिए ।  अब भने एपबाट नै आईपिओको लागि आवेदन दिन सकिने भएको हो । 

प्ले स्टोरमा गएर अप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिन्छ ।  सिडीएसले गत भदौ ३१ गते एपको बेटा भर्जन सार्वजनिक गरेको थियो । सिडीएसले मेरोशेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न सकिने गरि एप सार्वजनिक गरेको थियो । अब भने सीआस्वा सेवा पनि थपिएको हो ।  

Read More