एभरेष्ट बैंकले जोन्टा क्लबलाई गर्यो दुई लाख ५० हजार सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंकले जोन्टा क्लबलाई गर्यो दुई लाख ५० हजार सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्धेश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

Read More
  • MBL - below news