आकाश बोगटी, बैंकिङ खबर । पछिल्लो समय विद्युतयि कारोबारमा आकर्षण बढेको छ । खासगरी कोरोना महामारीपछि सर्वसाधारणहरुको आकर्षण विद्युतीय कारोबारमा देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै करिब ६४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार तीन महिनाको अवधीमा भएका ९ करोड ३ लाख ६० हजार ९ सय ८८ वटा विद्युतीय कारोबारबाट ६३ खर्ब ८ अर्ब रुपैयाँको कारोबार भएको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेल पछिल्लो समय विद्युतीय कारोबारमा निकै प्रगति भएको बताउँछन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन गर्यो । लकडाउनका बेला पनि बैंकहरु खुला भए । यद्यपि, राष्ट्र बैंक तथा नेपाल बैंकर्स संघले समेत सकेसम्म विद्युतीय कारोबार गर्न आग्रह गरेको थियो ।





