पाल राष्ट्र बैंकले हतारमा मार्जिक कर्जा पुनरावलोकनको अस्त्र किन ल्याएको रहेछ भन्ने बिषय यतिबेला आम लगानीकर्ताको चासोको बिषय बन्दै आएको छ ।
मौद्रिक नीतिको तीन महिनाको समिक्षा गर्दै राष्ट्र बैंकले गत बिहीबार शेयर कारोबार समय सकिएको दुई घन्टा बित्दा नबित्दै हतारिएर लगानीकर्तालाई तर्साउने गरी मार्जिन कर्जा पुनरावलोकन गरिने छ भनेपछि शेयर धितो कर्जा लिएका लगानीकर्ताको होस नै गुम्न पुग्यो । राष्ट्र बैंकको मार्जिन कर्जा पुनरावलोकनको शब्दले बजारमा अस्थिरता ल्याउने काम गर्यो ।
बजारलाई नै अस्थिर बनाउने गरी राष्ट्र बैंकले मार्जिन कर्जा पुनरावलोकनको अस्त्र किन ल्याउनु परेको होला भन्ने खोजी गर्न थालियो । मौद्रिक नीतिको समिक्षा गर्नुअघि नै बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा अन्धाधुन्ध लगानी गरे भन्ने आवाज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कानमा पुगेछ । त्यसरी प्रवाह हुने शेयर धिताको कर्जालाई रोक्नुपर्छ भन्ने आवाज केन्द्रीय बैंकमा उठ्न थालेछ ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक देवकुमार ढकालसँग बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जाको अवस्थाका बारेमा जानकारी लिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । कार्यकारी निर्देशक ढकालले पनि अध्ययन नै नगरी शेयरधितो कर्जा अत्याधिक बढेको प्रतिक्रिया दिएपछि गभर्नर अधिकारीले शेयर धितो कर्जामा कडाइ गर्नका लागि प्रवधान राख्नु पर्ने अडाउन लिएकै कारण पुनरावलोकनको शब्द घुसाइएको राष्ट्र बैंक स्रोतको दावी छ ।
एकातिर बजारले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको अर्कोतिर राष्ट्र बैंककै कर्मचारीले शेयरधितो कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाहरुले बढाएको भन्ने बित्तिकै गभर्नर अधिकारीले हतारहतारमा मौद्रिक नीतिको त्रैमासिक सक्षिमा ‘मार्जिन कर्जा पुनरावलोकनको अस्त्र’ घुसाउन पुगेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
राष्ट्र बैंकमा हल्लिखल्ली मच्चाएको शेयर धितो कर्जाले पछि शेयर बजारमा पनि त्यस्तै तहल्का मच्चाउने काम गर्यो । केन्द्रीय बैंकले शेयरधितो कर्जामा कडाइ गर्ने नीति ल्याउने संकेत देखिएपछि यता बजारमा पनि ठूलै भूकम्प नै गयो ।





