क्यूआर कोड भुक्तानी बढ्दै, थप व्यवस्थित गर्ने तयारीमा राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्यूआर कोड भुक्तानी बढ्दै, थप व्यवस्थित गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । बजारमा अहिले विभिन्न संस्थाले प्रयोगमा ल्याएको नयाँ उपकरण क्यूआर कोडबाट हुने भुक्तानीको कारोबार बढ्दै गएको छ । एकै महीनामै क्यूआर कोडबाट थप ८५ हजार ९ सय ७५ को संख्यामा रू.३२ करोड १० लाख कारोबार भएको छ । गत असोजमा मात्रै २ लाख ६५ हजारको संख्यामा रू. ९६ करोड ९० लाख बराबर यस्तो कारोबार भएको थियो । गत भदौमा यस्तो कारोबार १ लाख ७९ हजारको संख्यामा रू. ६४ अर्ब ८० लाख भएको छ ।

पछिल्लो समय क्यूआरबाट भुक्तानी बढ्दै गएकाले यसलाई थप व्यवस्थित र एकरूपता बनाउन नेपाल राष्ट्र बैंकले तयारी गरिरहेकोे छ । कारोबार संख्या बढेसँगै थप व्यवस्थित र एकरूपता कायम गर्न तयारी गर्न लागेको राष्ट्र बैंकले बताएको छ ।

 केन्द्रीय बैंकले अन्तरराष्ट्रिय स्तरमा भएका मापदण्डलाई आधार मानेर थप व्यवस्थित गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार अन्तरराष्ट्रिय अभ्यासमा क्यूआर कोडमा को मान्छेले, कहिले, कुन ठाउँ र कुन मर्चेन्टबाट स्क्यान गरेको, कुन मोबाइलबाट, कुन खाताबाट कति रकम घट्यो र त्यसको पीएसओ सञ्चालक को हो र कारोबार गर्ने व्यक्तिको तीनपुस्ते ग्राहक पहिचान (केवाईसी) लगायत विस्तृत विवरण देखिन्छ । ‘यस्तो स्क्यान गर्दा तोकिएको विस्तृत तथ्यांक जुन सर्भरमा बस्नुपर्ने हो वा त्यो सबै विवरण एकपटक स्क्यान गर्दा देखिने र हामीहरूले खोज्दा भेटिने हुनुपर्‍यो । यसैले यसलाई व्यवस्थित गर्न खोजिएको हो,’ राष्ट्र बैंक स्रोतले भने, ‘अहिले जारी गरेका क्यूआर कोडमा यी सबै सूचना छैनन् । संस्थाहरूले आआप्mनो तरीकाले चलाएका छन् । यसैले सबैमा एउटै मापदण्ड हुनेगरी तयारी गर्न लागिएको हो ।’

Read More