आईएमई लाईफ ईन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमै पहिलो पटक च्याटबोट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले 'आईएमई लाईफ ३६० योर र्भचुअल एसीस्टेन्ट' नामको च्याटबोट सञ्चालमा ल्याएको हो ।
यो सेवा हाल कम्पनीको वेबसाईटमा उपलब्ध रहेको र आगामि दिनमा मोबाईल एप र म्यासेन्जरमा समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । बीमासंग चासो राख्ने, बीमाको बारेमा बुझन चाहने, कम्पनीको बारेमा बुझन चाहनेले यस च्याटबोटबाट सेवा लिन सकिने जनाइएको छ ।







