कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई छुट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई छुट

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागी प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेडबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडमा नारायणगढका शाखा प्रबन्धकसुजन ढुंगाना र चित्रावन नेचर क्युअर अस्पतालका निर्देशक डा. विशाल सापकोटाले हस्ताक्षर गरेको उक्त सम्झौता–पत्र अनुसार चित्रावन नेचर क्युअर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Read More