अब मेरोशेयरको मोबाइल एपबाटै आईपिओ भर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब मेरोशेयरको मोबाइल एपबाटै आईपिओ भर्न सकिने

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको एपमा सीआस्वा सेवा थप गर्ने भएको छ। सिडीएसले यही साता एपमा सीआस्वा सेवा थप गर्न लागेको हो । 

सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले १-२ दिन मै एपमा सीआस्वा सेवा थप गर्न लागिएको बताए । एपमा सो सेवा थपिएसंगै लगानीकर्ताले एपबाट नै आईपिओमा आवेदन दिन सक्ने छन् । प्रवक्ता न्यौपानेका अनुसार सेवा थप गरेपछि कुनै समस्या नआए मङ्सिर २९ गते बाट खुल्ने प्रभु लाइफ इन्स्योरेन्सको आईपिओमा लगानीकर्ताले एपबाट नै आवेदन दिन सक्ने छन् । 

हालसम्म एपमा आइपिओमा आवेदन दिने सुविधा थिएन ।  लगानीकर्ताले मेरोशेयरको वेबसाइट बाट आईपिओमा आवेदन दिदै आएका थिए ।  अब भने एपबाट नै आईपिओको लागि आवेदन दिन सकिने भएको हो । 

Read More