सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले थप नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । 

अब ललितपुरको एकान्तकुना स्थीत यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै संग भुक्तानी गर्न सक्नेछन् ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 

Read More
  • MBL