पछिल्लो समय बैङ्कहरुले आफ्ना सेवालाई प्रविधिसँग जोड्दै गएका छन् । बैङ्कहरु प्रविधिको प्रयोगमा टेलिकम्युनिकेसन पछिको अग्रभागमा रहेको गभर्नर महाप्रसाद अधिकारीले नै एक कार्यक्रममा भनेका थिए । कुन बैङ्क कति एडभान्स छ भन्ने देखाउन उनीहरुले प्रयोग गर्ने प्रविधिबाटै प्रष्ट हुन्छ । आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन र बैङ्कसम्म सेवाग्राहीको उपस्थिति कम गर्न डिजिटलाइजेसनतर्फ बैङ्कहरु गएका छन् । यद्यपि अझै अनलाइनबाट खाता खोले पनि केवाईसी अपडेट प्रविधिको प्रयोगको पछिल्लो उदाहरण हो एक कलबाटै ऋण लिनसक्ने व्यवस्था । कर्जा लिन बैङ्कसम्म पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्न केही बैङ्कले घरमै बसी ग्राहकलाई कर्जा दिन मिल्ने योजना अघि सारेका छन् । बैङ्कमा तलबी खाताका ग्राहकले यस्तो सुविधा पाउँनेछ । जस्तोसुकै अवस्थामा पनि इन्टरनेटको पहुँचमा बैङ्कबाटै आवेदन दिँदा ऋण लिन पाउँनेछन् ।
इन्टरनेट भएको ठाउँबाट मोबाइलबाटै आवेदन दिँदा कर्जाको रकम खातामा जम्मा हुने व्यवस्था नबिल बैङ्क, कुमारी बैङ्क र एनएबी बैङ्कले गरेका हुन् । अन्य बैङ्कसमेत यसको तयारीमा रहेका छन् ।





