तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै सो कुरा जनाएको हो। साउनयता बैंक तथा वित्तीय संस्थाहरूले जम्मा २१९ अर्बको निक्षेप संकलन गरेका छन् भने २०२ अर्ब रूपैयाँ बराबरको कर्जासमेत प्रवाह गरेका छन्।

अधिकांश बैंकबाट प्रवाह गरेको कर्जा सेयर बजारमा गएको हुन सक्ने आशंका गर्दै राष्ट्र बैंकले कडाइ गर्न लागेको हो। त्यस्तै बैंकले व्यक्तिगत कर्जा र रियलस्टेट कर्जामा पनि कडाइ गर्न लागेको छ। व्यक्तिगत कर्जामार्फत् गएको कर्जा पनि सेयर बजारमा नै गएको हुन सक्ने राष्ट्र बैंकले आशंका गरेको छ।

सेयर, व्यक्तिगत र रियलस्टेट कर्जामा कसरी कडाइ गर्ने भन्ने विषयमा भने राष्ट्र बैंकले सम्पूर्ण बैकहरूलाई परिपत्र गरेपछि लागू हुनेछ।

बिहीबार भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थाहरूले कुल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था पनि गरेको छ।

Read More