नबिल बैंक र वान टु वाच बीच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंक र वान टु वाच बीच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य

काठमाडौं । नेपालकै अग्रणी वाणिज्य बैंक, नबिल बैंक र वान टु वाच, एक लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई)हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । 

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड १९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ । त्यसै गरि यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् । 

Read More