‘अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा तत्काल शुल्क लाग्दैन’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा तत्काल शुल्क लाग्दैन’

नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्‍यो। 

मौद्रिक नीतिको बुँदा नं. ६७ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत् ग्राहकबाट लिने सेवा शुल्कसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ।’ 

यही बुँदाका कारण केही मानिसहरूमा फेरि  एउटा बैंकको एटिएमले अर्को बैंकबाट पैसा झिक्दा शुल्क लाग्ने हो कि भन्ने ठाने।  

राष्ट्र बैंकले अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्था नै अहिले कार्यान्वयनमा आइरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले शुक्रबार दिउँसो सेतोपाटीसँग भने ‘त्यसबारे कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था यथावत् छ।’ 

Read More